फागुन १९ मा ‘छड्के २.०’, अनमोल भन्छन ‘म र मेरो सेना तयार छौ’



रंगखबर, काठमाडौँ: अनमोल केसी स्टारर फिल्म ‘छड्के २.०’को रिलिज डेट फिक्स भएको छ। शनिबार निर्माण टिमले फिल्मको नयाँ पोस्टर सार्वजनिक गर्दै फिल्मको रिलिज डेट तोकेको  गरेको हो। अब भने ‘छड्के २.०’  फागुन १९ देखि अल नेपाल लाग्ने पक्का भएको छ। पोस्टर र रिलिज डेट फिक्स भएसंगै अभिनेता अनमोल केसीले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत पोस्टर सेयर गर्दै भनेका छन, ‘म र मेरो सेना तयार छौ.. 🐸🗡️ ‘छड्के २.०’ मार्च ३, २०२३/फागुन १९ मा हलहरुमा।’ पोस्टर रिलिज देखिनै अभिनेता अनमोल केसीको लूक्सलाई लिएर चर्चामा रहेको फिल्ममा बर्षकै प्रतिक्षित फिल्महरुको लिस्टमा छ। प्राय: लभर व्वायको भूमिकामा देखिंदै आएका उनि ‘छड्के २.०’ मा ग्याङ्गस्टरको भूमिकामा देखिदैछन। अनमोलसंगै फिल्ममा रोविन तामाङ, कमलमणि नेपाल सिर्जना सुब्बा, रेशा आले मगरको मुख्य भूमिका रहेको छ।

निगम श्रेष्ठको लेखन तथा निर्देशन रहेको फिल्म चितवन र मुस्ताङमा छायांकन भएको हो। काभ्रे फिल्म्सको व्यानरमा निर्माण भएको फिल्ममा मेधा प्रोडक्सन र निर्भाना फिल्म स्कुलले सहकार्य गरेका छन् । प्रशान्त गिरी र देवकुमार श्रेष्ठ निर्माता  रहेका फिल्मको कार्यकारी निर्माता भने निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले छन् ।

प्रतिक्रिया दिनुहोस्