‘फुलबारी’को ‘माया रैछ र….’ सार्वजनिक



रंगखबर, काठमाडौँ: फागुन ५ लाई प्रदर्शन मिति तय गरेको फिल्म ‘फुलबारी’को पहिलो गीत सार्वजनिक भएको छ। यस अघि पोस्टर र टिजर सार्वजनिक गर्दै प्रचार सुरु गरेको फिल्मले ‘माया रैछ र भर रैछ नि’ बोलको गीत सार्वजनिक गर्दै प्रचारको गति बढाएको हो। सार्वजनिक गीतमा पारिवारिक माया प्रेमलाई देखाईएको छ। काली प्रसाद बाँस्कोटा र सदिक्षा कट्टेलको आवाज रहेको गीतको शब्द संगीत काली स्वयमकै रहेको छ।

 

यशोदा फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मलाई  मनिष ढकालले निर्माण गरेका हुन् भने फिल्ममा मणिराम पोखरेल कार्यकारी निर्माता रुपमा देखिएका छन। फिल्ममा जोस हेरुमको छायांकन, कालीप्रसाद बाँस्कोटा र अनुपम शर्माको संगीत रहनेछ । रामबाबु गुरुङ गुरुङ निर्देशित फिल्ममा विपिन कार्की, दयाहाङ राई, प्रियंका कार्की, अरुणा कार्की, शिल्पा मास्के, गौमाया गुरुङका अलावा लोकेन्द्र लेखक, सोमनाथ खनाल, अनुपम शर्मा, मनिष ढकाल, साक्षी सिंह भण्डारी, रुजा राउत, रुपेश दाहाल, सुमित्रा गोम्जा, कायरा कार्कीलगायतको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्