रंगखबर, काठमाडौँ: निदेशक दिपेन्द्र लामाको छैटौँ फिल्म ‘नाङ्गो गाउँ’का लागि लिड आर्टिस्ट फाईनल भएका छन। फिल्ममा भर्खरै अभिनेता दयाहाङ राई र मिरुना मगर मुख्य कलाकारको रुपमा फाईनल भएका छन। अब भने काजी र शान्ती मिसको जोडीलाई दर्शकहरुले पुन: हेर्न पाउँने भएका छन। लामा निर्देशित फिल्म ‘दुई नम्बरी’ले बक्स अफिसमा राम्रै कमाई गरेपछि उनले ‘नाङ्गो गाउँ’ निर्देशन गर्न लागेका हुन्। हाल स्क्रिप्टको काम भई रहेको फिल्मका अन्य कलाकारहरु पनि चाडै नै फिक्स हुने जानकारी निर्देशक लामाले दिएका छन।
मनिषा फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्म चैतबाट फ्लोरमा जानेछ। सामाजिक-राजनीतिक कथावस्तुमा आधारित हुने फिल्मको पहाडी भेगबाट छायांकन सुरु हुने जानकारी पनि निर्माण पक्षको छ।