निर्देशक सौरभले ‘अगस्त्य : दि अनब्रेकेबल’ निर्देशन गर्ने



रंगखबर, काठमाडौँ: सौरभ चौधरीको निर्देशनमा बन्ने फिल्म ‘अगस्त्य : दि अनब्रेकेबलको औपचारिक घोषणा भएको छ। आईतबार निर्माण टिमले थिम पोस्टर सार्वजनिक गर्दै फिल्मको घोषणा गरेको हो। डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको फिल्मको कथा, पटकथा तथा संवाद पनि निर्देशक सौरभकै हुनेछ। फिल्मलाई प्रकाश मल्ल र अनिश तामाङले निर्माण गर्न लागेका हुन्।


भारतीय कलाकारहरुको पनि अभिनय रहने फिल्मका २ वटा शृंखलाहरु हुने जानकारी निर्माण टिमले दिएको छ। दुवै शृंखलाका फाईनल स्क्रिप्ट सम्म तयार भएको फिल्मको ५० प्रतिशत छायांकन भारतमा र बाकी ५० प्रतिशत नेपालमा हुने जानकारी बाहिरिएको छ। आगामी नयाँ बर्षको अवसर पारेर छायांकनको तयारी गरिरहेको फिल्मका निर्माण टिमले दशैँ छेकमा अगस्त्य : दि अनब्रेकेबललाई प्रदर्शन गर्ने योजना बनाई रहेका छन।  फिल्ममा अहिले सम्म कोहि कलाकारपनि फाईनल भई सकेका छैनन्।

प्रतिक्रिया दिनुहोस्