‘धड्कन २’ मा संचिता फिक्स, लोकेसन हेर्न पोखरा पुगे निर्देशक पौडेल



रंगखबर, काठमाडौँ: १९ बर्ष अघि प्रदर्शन भएको सुपरहिट फिल्म धड्कन’ को सिक्वेल बन्ने पक्का भएको छ। नरेश पौडेलको निर्देशन, निर्माण र कथामा तयार भएको फिल्म त्यसताकाका दर्शकले औधी रुचाएका थिए। कर्णप्रिय गीत संगीतका कारण फिल्मलाई आम दर्शकले अहिले पनि सम्झीरहन्छन।  हालाकी फिल्म बलिउड फिल्म इश्कको हुबहु कपि थियो। फिल्ममा निखिल उप्रेती, रेखा थापा, अरुणिमा लम्साल र रमित ढुंगाना अभिनय रहेको थियो।

अब भने निर्माता तथा निर्देशक नरेश पौडेलले दर्शकको मायालाई मध्यनजर गर्दै फिल्मको सिक्वेल बनाउने भएका छन। फिल्ममा हाल सम्म अभिनेत्री संचिता लुइँटेल मात्र फाईनल भएकी छन। फिल्ममा संचिता बलियो भूमिकामा देखिनेछिन भन्दै निर्देशक पौडेल भन्छन फिल्मको सिक्वेलमा पुराना कलाकारहरु कोहिपनि दोहोरिने छैनन्। उनले यस पटक नयाँ नायक नायिकालाई चान्स दिने बारे पनि जानकारी दिएका छन। चैत्रबाट फ्लोरमा जाने फिल्मका लागि लोकेसन हेर्न अहिले पौडेल पोखरामा छन। फिल्मलाई पौडेल स्वयमले नै निर्माण तथा निदेशन गर्नेछन भने सुरेश अधिकारीले फिल्ममा संगीत भर्ने छन।

प्रतिक्रिया दिनुहोस्