‘डिसेम्बर फल्स’को ‘लखर लखर’ सार्वजनिक



रंगखबर, काठमाडौँ: गत शुक्रबारबाट रिलिज भएको फिल्म ‘डिसेम्बर फल्स’को लखर लखर बोलको गीत सार्वजनिक भएको छ। सार्वजनिक गीतमा आर्यन सिग्देल र उपसाना सिंह ठकुरीको रोमान्टिक जोडी देख्न सकिन्छ। गायक केतन छेत्रीको स्वर रहेको गीतमा कोशिस छेत्रीको शब्द/संगीत र प्रविन सिंहको कोरियोग्राफी रहेको छ।

प्रविण झा निर्देशित फिल्म रिजाल एण्ड रिजाल प्रोडक्शनको ब्यानरमा निर्माण भएको हो। फिल्ममा रामप्रसाद रिजाल प्रस्तुतकर्ता रहेका छन भने लक्ष्मण रिजाल र असिम काफ्ले कार्यकारी निर्माताका रुपमा रहेका छन। बिपीका खनालको कथा, केदार भुसाल र प्रतिक पौडेलको पटकथा/सम्वाद रहेको फिल्मलाई बनिष शाहले सम्पादन गरेका हुन् । दीपक शर्मा,कोसिस क्षेत्री,सुुसान्त गौतम र प्रतिक पौडेलको संगीत, कविराज गहतराज, रामजी लामीछाने,शिसिर खाती र प्रवीण सिंहको कोरियोग्राफी तथा श्री श्रेष्ठको द्धन्द्ध निर्देशन रहेको फिल्मलाई श्रीराम बालाजी फिल्मस्का सुनील मानन्धरले बितरण गर्दैछन् । फिल्मलाई महेश आर गुप्ताले छायांकन गरेका हुन्।

फिल्ममा आर्यन सिग्देल, सलोन बस्नेत र उपासना सिंह ठकुरीका अलावा शिवहरी पौडेल, नागेन्द्र रिजाल, नरेश भट्टराई लगातयत कलाकारहरुको पनि अभिनय रहेको छ। फिल्मले दर्शक खासै तान्न नसकेपछि निर्माण टिम अहिले प्रचारको अनेक तरिका अपनाई रहेका छन।

प्रतिक्रिया दिनुहोस्