रोशन र गीताको ‘शंका गर्या हैन’ सार्वजनिक



रंगखबर, काठमाडौँ: गायक रोशन अधिकारी र गायिका अनु चौधरीको आवाजमा ‘शंका गर्या हैन’ सार्वजनिक भएको छ। मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै गीत सार्वजनिक गरिएको हो। गायक रोशन को जन्मदिन पारेर सार्वजनिक गरिएको उक्त गीतमा गायक स्वयम् कै अभिनय छ भने उनलाई मोडल गीता ढुंगानाले साथ दिएकी छन। अर्जुन पोखरेलको संगीत रहेको गीतमा जस्मिन श्रेष्ठको शब्द, माइकल स्टेपअप एन्ड आर्टस् एकेडेमीको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकन र शिलन लम्सालको सम्पादन रहेको छ। माइकल चन्दको निर्देशन गरेको गीतको भिडियोमा रोशन र गीताको केमेस्ट्रीलाई निर्देशक चन्दले राम्ररी प्रस्तुत गरेका छन। गीत डिभाईन म्युजिक युटुव च्यानलमा हेर्न सकिन्छ। गायक रोशनले यो भन्दा अगाडी ‘धर्ती आकाश’, ‘रित्तो रित्तो’ र ‘चुपचाप’ जस्ता सुपरहिट गीत दर्शक सामु ल्याई सकेका छन।

प्रतिक्रिया दिनुहोस्