गुञ्जन ट्रेलर : सारालाई प्रितम र कबिरमा एक रोज्ने गार्हो



रंगखबर, काठमाडौँ: पौष २९ गतेबाट प्रदर्शन हुने फिल्म ‘गुञ्जन’को दोश्रो ट्रेलर सार्वजनिक भएको छ। बिहिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै निर्माण टिमले प्रचार स्वरुप ट्रेलर सार्वजनिक गरेको हो। यस अघि गीत र पहिलो ट्रेलर सार्वजनिक गरेसंगै फिल्मलाई दर्शक तान्नेमा आशावादी रहेका निर्माण टिमले दोश्रो ट्रेलर सार्वजनिक फिल्मक बारे बोल्दै यदि फिल्मले दर्शकलाई बाध्न सकेन वा फिल्म दर्शकले मन पराएनन भने टिकटको पैसा फिर्ता गर्ने घोषणा सम्म गरेको छ।  सार्वजनिक ट्रेलरमा सारा सिर्पाली, प्रितमराज सेन्चुरी र कबिर खड्काको प्रेम बिछोड र बदलालाई देखाउन खोजिएको छ।  सार्वजनिक ट्रेलरमा अभिनेत्री नीता ढुंगानालाई पनि देख्न सकिन्छ। सायद उनि फिल्ममा आईटम गर्लको रुपमा देखिएकी छन।


हिराकृष्ण शाहीको प्रस्तुति र सुनिता शाही निर्माता रहेको फिल्म ए.एच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो ।  फिल्ममा कविराज गहतराजको कोरियोग्राफी, राजेश श्रेष्ठको छायाँकन, विपिन मल्लको सम्पादन, कल्याण सिंह, अर्जुन पोखरेल र करणराज कार्कीको संगीत छ।

फिल्ममा सारा, प्रितमराज र कविरका अलवा सरोज खनाल, हिउँवाला गौतम, रोहन शाही, निरुता स्याङतान, कन्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, ऋचा शर्मा, अमेश न्यौपाने लगायतका कलाकारको अभिनय रहेको छ । विगत २ दशकदेखि फिल्मको द्वन्द्व निर्देशन गर्दै आएका अष्ट महर्जनको डेब्यु निर्देशनमा बनेको  फिल्मलाई लिएर निर्देशक महर्जन निकै नै सकारात्मक छन। प्रितमराजले पनि यसै फिल्मबाट अभिनयमा डेब्यु गरेका हुन् भने साराले ‘सुश्री सम्पति’ र ‘पिंजडा ब्याक अगेन’मा काम गरेर चर्चा बटुली सकेकी छन। कबिरले पनि फिल्म ‘लम्फु’मा काम गरिसकेका छन भने उनको ‘लन्डन टु पेरिस’ प्रदर्शनको तयारीमा छ।

 

प्रतिक्रिया दिनुहोस्