चलचित्र कलाकार संघको अध्यक्षमा अभिनेता सबिन श्रेष्ठको उम्मेदवारी



रंगखबर, काठमाडौँ: आगामी चैत्र ४ गते काठमाडौँमा हुन गईरहेको चलचित्र कलाकार संघको महाधिवेशनमा अभिनेता तथा समाजसेवी सबिन श्रेष्ठले अध्यक्षमा उमेद्वारी घोषणा गरेका छन।

उनले बिहिबार आफ्नो सामाजिक संजाल फेसबुक मार्फत आफ्नो उमेद्वारी घोषणा गर्दै यसो भनेका छन, ‘सन्दर्भ चैत्र ४ गते कलाकार संघक चुनाबको बारे, छोटकरीमा मनको कुरा पोख्दैछु। बोलेर भन्दा गरेर देखाउनेछु। नेपाली चलचित्र तथा नेपाली कलाकारहरुको हक,हित साथ,सहयोग र उन्नतिको लागि रात दिन सेवामा समर्पण हुने कसम खादैछु। आज उम्मेदवारी घोषणा। ‘ घोषणासंगै उनले कलाकारहरुको हक हितकालागि काम गर्ने एजेन्डा अघि सारेका हुन्।

फिल्म ‘अन्दाज’ बाट डेब्यु गरेका सबिनले आजसम्म दर्जनौ फिल्ममा अभिनय गरिसकेका छन। उनले हालै मात्र अभिनय गरेको फिल्म ‘बालापन’ प्रदर्शनको तयारीमा छ भने आफैले निर्माण गरेको फिल्म ‘हिरो रिटन्र्स’ कोरोनाका कारण थन्किएको थियो भने फिल्म अब हलमा रिलिज गर्ने कि ओटिटिमा रिलिज गर्ने भन्ने बारे तयारी भईरहेको छ। सबिनलाई रंगखबर परिवारबाट शुभकामना !

प्रतिक्रिया दिनुहोस्