‘फुलैफुल दिन्छौ कि’को फिमेल भर्सनमा अस्मिताको आवाज, प्रभात पाल ठकुरीको दमदार अभिनय



रंगखबर, काठमाडौँ : ‘फुलैफुल दिन्छौ कि’को अपार सफलता पछि गीतको फिमेल भर्सन सार्वजनिक भएको छ। रिलिज अघि नै टिकटकमा हिट भएको गीतमा अस्मिता अधिकारीले स्वर दिएकी छन् । आनन्द अधिकारीको शब्द रचना रहेको गीतमा आशिष अविरलले संगीत भरेका हुन् । बिकास प्रसाईको निर्देशन रहेको गीतमा प्रभात पाल ठकुरी, सोनिका भण्डारी र सञ्जय ढुंगानाको अभिनय रहेको छ । राग स्टुडियोमा तयार पारिएको गीतमा सुशिला पाठक प्रोडक्सन हेड, जितु तामाङको कलर, अजित आले र सञ्जय ढुंगाना एसोसियट निर्देशक, जितु तामाङको छायांकन, सगुन तामाङको आर्ट रहेको भिडियोलाई निर्देशक प्रसाईले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्