‘ह्यारी कि प्यारी’को ट्रेलर रिलिज, जितु र साम्राज्ञीको जोडी यस्तो देखियो



रंगखबर, काठमाडौँ : माघ २२ बाट देशभर प्रदर्शनको तयारीमा रहेको फिल्म ‘ह्यारी कि प्यारी’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ। आईतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै निर्माण टिमले फिल्मको ट्रेलर सार्वजनिक गरेको हो।  टिजर पोस्टर र गीत सार्वजनिक गरेपछि निर्माण टिमले प्रचार तीव्र गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरेको हो। पोस्टर सार्वजनिकसंगै एक किसिमको कौतुहलता ल्याएको फिल्मको ट्रेलर दर्शकको केहि हदसम्म कौतुहलता मेटाएको छ।  ट्रेलरमा फिल्मका मुख्य पात्रहरु जितु नेपाल, साम्राज्ञी आर. एल. शाह र विजय बराललाई केन्द्रित गरेर बनाईएको छ। ट्रेलरमा हरि भन्ने पात्रले ३० लाखको लागि आफ्नो स्पर्म अथवा विर्य दान गर्न गरेको संघर्ष र त्यसबाट आउन सक्ने उतारचढावलाई देखाउन खोजिएको छ।

बि.आर. प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मलाई डा. भोला रिजालका सुपुत्र कपिल रिजालले निर्देशन गरेका हुन्। सुदिप बराल, गिरिराज घिमिरे, डाक्टर रिजाल र अभिमन्यू निरवीको पटकथा/संवाद रहेको फिल्ममा जितु नेपाल, साम्राज्ञी आर. एल. शाह, विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रन्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनाललगायतका कलाकारहरुको अभिनय छ ।

निर्देशक रिजालको प्रस्तुति रहेको फिल्ममा शिखर सन्तोष/युग भुषालको संगीत, कविराज गहतराजको कोरियोग्राफी, सुदिप बरालको छायांकन र अर्जुन जिसीको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्