‘पठान’को दमकेदार ट्रेलर



रंगखबर, काठमाडौँ: बर्षकै प्रतिक्षित बनेको फिल्म ‘पठान’को अफिसियल ट्रेलर रिलिज भएको छ। शाहरुख खान, दिपिका पादुकोण र जोन अब्राहम स्टारर फिल्मले गीत रिलिज देखि नै अनेकौँ झमेला तथा बहिष्कारको ट्याग सहदै आएको छ। एक्सन थ्रिलर फिल्मको ट्रेलर निकैनै रोमान्चक बनेको छ। यस राज फिल्म्सको ब्यानर तथा आदित्य चोपडाको निर्माण रहेको फिल्ममा किङ्ग खानले एक जासुसको भूमिका निभाएका छन। सिद्धार्थ आनन्दले निर्देशन गरेको फिल्म यहि जनवरी २५ अर्थात् माघ ११ गतेबाट विश्वभर प्रदर्शन हुदैछ। फिल्ममा शाहरुख, दिपिका र जोनका साथै डिम्पल कपाड़ियाको पनि अभिनय देख्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्