दिपक श्रेष्ठले निर्देशन गर्ने फिल्ममा दयाहाङ फिक्स



रंगखबर, काठमाडौँ: निर्देशक दिपक श्रेष्ठको निर्देशनमा बन्ने नाम नतोकिएको प्रोजेक्टमा अभिनेता दयाहाङ राई फिक्स भएका छन। बुधबार फिल्मका निर्माण टिम र दया बीच कागजी सम्झौता भएको हो।  केवल तामाङको प्रस्तुति तथा कोमल गुरुङको लगानी रहेको फिल्म आगामी माघ २० गतेबाट फ्लोरमा जानेछ। हाल सम्म दया मात्र फाईनल भएको प्रोजेक्टमा चाडै नै एक एक मुख्य अभिनेता/अभिनेत्री फाईनल हुने जानकारी निर्माण टिमले दिएको छ।

निर्देशक श्रेष्ठकै कथा, पटकथा र लेखन रहेको फिल्मलाई सौरभ लामाले खिच्ने भएका छन। प्रोमिस इन्टरटेन्मेन्टको  ब्यानरमा तपश्री प्रोडक्शनको सहकार्य रहेको फिल्म कमेडी लभस्टोरी जनरामा बन्ने छ।

प्रतिक्रिया दिनुहोस्