३ बेस्ट फ्रेन्ड्सको महेनत पानीमा, अझै पनि आशा बाँकी नै 



रंगखबर, काठमाडौँ:  नेपाली फिल्म नगरीमा लामो समयसम्म मिलेर बस्न जो कोहिँलाई पनि गार्हो हुन्छ। त्यो पनि अभिनेत्रीहरुको हकमा त झनै सम्भव नहुने जस्तै हुन्छ। अभिनेत्रीहरुको आफ्ना सहकर्मी साथीहरुसंग खासै राम्रो सम्बन्ध देखिदैन तर अभिनेत्री ऋचा शर्मा, प्रियंका कार्की र बेनिषा हमालमा भने यो कुरा लागु भएको छैन। उनीहरु सुरुका दिन देखिनै मिल्ने साथीहरु हुन्। लामो समय पछि कमब्याक गरेका यी ३ अभिनेत्रीहरुको यो बर्ष २-२ वटा फिल्महरु लक्का जवान, हिजो आजका कुरा, प्रेमगंज र चि मुसी चि रिलिज भए। लकडाउन तथा आमा बनेपछि पछि सफलता पाउने आशा राखेर कमब्याक गरेका यी अभिनेत्रीहरुलाई कुनै फिल्मले पनि यी सास फेर्न दिएन। गतहप्ता मात्र सोलो रिलिज भएको फिल्म ‘चि मुसी चि: इभन डेड डिजायर बिलोङ्गिङ’ ले अझै पनि दर्शकको माया पाएन। फलस्वरूप तिनै अभिनेत्रीहरुको भागमा एकपटक फेरी फ्लपको ट्याग लागेको छ। तर पनि यी बेस्ट फ्रेन्ड्सको आशा भने अझै मरेको छैन।

अब भने प्रियंका, ऋचा र बेनिशाको एक एक वटा फिल्महरु फुलबारी, छक्का पन्जा ४ र कौसिद रिलिज हुदैछन।  लगातार २ वटा फ्लप दिएकि अभिनेत्री प्रियंका कार्की उनको आगामी फिल्म फुलबारीलाई लिएर निकै नै आशावादी छिन। फिल्ममा उनि दयाहाङ राईको अपोजिटमा छिन। जसले यो बर्ष ब्लकबस्टर फिल्महरु दिईसकेका छन। त्यस्तै ऋचाको कौसिद भन्ने फिल्म आउदैछ जुन ‘ओ टि टी’मा रिलिज गर्नेको हलमा रिलिज गर्ने भन्ने बारे ऋचा आफै कन्फ्युज छिन भने बेनिशाको भने मल्टीस्टारर फिल्म छक्का पन्जा ४ रिलिजको तयारीमा छ। जुन हिट हुनेमा कुनै दुईमत छैन तर पनि कलाकारहरुको झुन्डमा बेनिशाको अस्तित्व हराउने हो कि भन्ने तनाव पनि बेनिशा माथि हुन सक्छ।
अब हेर्न यो बाँकी छ कि यी बेस्ट फ्रेन्ड्सहरुले आफ्ना आगामी फिल्ममा सफलता पाउँछन कि रिलिज भएका २ फिल्मबाट पाएको असफलता जस्तै चित्त बुझाउनु पर्नेछ।

 

प्रतिक्रिया दिनुहोस्