‘गुञ्जन’ले सारालाई बनायो सोच्न बाध्य, कबिर र प्रितमको भागमा शुन्य



रंगखबर, काठमाडौँ: शुक्रबारबाट रिलिज भएको फिल्म ‘गुञ्जन’लाई रिलिजको ४ दिन सम्मपनि दर्शकले पत्याएका छैनन्। एक त प्रमोसनमा खासै ध्यान नदिनु अनि अर्को फिल्मकि मुख्य अभिनेत्री सारा सिर्पालीले फिल्मलाई समय नदिनु। हुनत सारालाई फिल्मका मेकरले समय नदिएको भन्दै गुनासो गर्दै आएका छन। अभिनयमा सम्भावना बोकेकी साराले गुञ्जनसहित रुद्र, पिंजडा ब्याक अगेन र सुश्री सम्पत्ती गरि ४ वटा फिल्ममा काम गरेकी छन। राम्रो अभिनय हुदा हुदै पनि साराको अहिले सम्म कुनै पनि फिल्मले सफलता पाएको छैन। गुञ्जनले पनि दर्शकको साथ नपाउँदा सारालाई अहिले अन लक्कीको ट्याग लाग्न थालेको छ। ३ वटै फिल्मबाट पाएको असफलतासँगै दुबई पुगेकी सारा ‘गुञ्जन’को असफलतापछि नेपाल आउँलिन र फेरी फिल्ममा देखिनेछिन भन्नेमा अहिले आफै कन्फुज होलिन।

अब कुरा गरौँ फिल्मका हिरो कबिर खड्काको फिल्ममा नेगेटिभ भूमिकामा देखिएका उनले पनि ‘लम्फु’ र ‘लन्डन टु पेरिस’मा काम गरिसकेका छन। पहिलो फिल्म नै डीजास्टर सावित भएको कबिरले ‘गुञ्जन’बाट धेरै आशा गरेका थिए तर उनको आशा अहिले निराशामा परिणत भएको छ। पहिलो फिल्मबाटै नमाज्जाले असफलताको स्वाद चाखेका उनले गुञ्जनबाट पनि सफलता पाउँन सकेनन। अब उनको तेश्रो फिल्म ‘लन्डन टु पेरिस’ प्रदर्शनको तयारीमा छ। यदि सो फिल्मले पनि कबिरलाई सोचे जस्तो सफलता दिएन भने उनको पनि फ्लप फिल्ममा ह्याट्रिक हुनेछ। सोहि फिल्मबाट डेब्यु गरेका हिरो हुन प्रितमराज सेन्चुरी। हुनत उनले फिल्म ‘रानीमहल’बाट डेब्यु गर्न लागेका थिए। तर पहिलो गाँसमै ढुंगा परे जस्तो न त फिल्मनै बन्यो नत प्रितमले नै डेब्यु गर्न पाए। अहिले प्रितमले डेब्यु त गरे तर उनको फिल्मप्रति अहिले सम्मपनि दर्शकले चासो देखाएका छैनन्।

फिल्मको ट्रेलर रिलिज कार्यक्रममा निर्माताले फिल्म मन नपरेमा पैसा फिर्ता गर्ने सम्म भन्न भ्याएका थिए। तर दर्शकले उनको अफरलाई सजिलै नकारेका छन। न त निर्माताले पैसा फिर्ता दिनु पर्यो नत हलमा दर्शक नै भेटिए। द्वन्द निर्देशक अष्ट महर्जनको डेब्यु निर्देशकीय फिल्मलाई कतिपयले फितलो कथाबस्तु त कतिले साराले धानेको गुञ्जन भन्दै कबिर र प्रितमको अभिनयलाई कमजोर सम्म भन्न थालेका छन। द्वन्द निर्देशनमा सफलता पाएका अष्टलाई निर्देशनमा भने सफलता मिल्ला जस्तो देखिएन।

प्रतिक्रिया दिनुहोस्