‘जेरी २’मा अनमोल र आनाको जोडी पुन: एकपटक



रंगखबर, काठमाडौँ: अनमोल केसीको मुख्य भूमिका रहने फिल्म ‘जेरी २’ कलाकारहरु छनौटलाई लिएर चर्चामा छ। फिल्ममा अनमोल केसीको अपोजिट कुन अभिनेत्री होलिन भन्ने सबैमा कौतुहलता थियो। अब भने फिल्मको मुख्य अभिनेत्रीका रुपमा निर्माण टिमले अभिनेत्री पाएको छ। फिल्ममा जेरीकै नायिका आना शर्मा हुनेछिन।  आना र निर्माण टिम बीच बुधबार कागजी सम्झौता भएको छ। अब फिल्ममा दर्शकहरुले अनमोल र आनाको जोडी पुन: एकपटक देख्न पाउँने छन।

अनन्या फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको फिल्मलाई सरोज न्यौपाने र रामकृष्ण श्रेष्ठले निर्माण गर्न लागेका हुन् । फिल्ममा अनमोल र आनाका अलावा पूर्णिका सिजापतिको पनि मुख्य भूमिका रहनेछ। हेमराज बीसीले निर्देशन गर्ने फिल्मको छायांकन लुक्ला देखि सगरमाथा आधार शिविर, अष्ट्रेलिया र अमेरिकामा हुनेछ। हाल आना शर्मा ‘मायाको माया’ छायांकनमा ब्यस्त छिन।

प्रतिक्रिया दिनुहोस्