‘भगवत गीता’मा बिपिन कार्कीको इन्ट्री



रंगखबर, काठमाडौँ: झरना थापाको आगामी प्रोजेक्ट ‘भगवत गीता’मा बिपिन कार्कीको इन्ट्री भएको छ। बुधबार सुहाना इन्टरटेनमेन्ट र कार्की बीच कागजी सम्झौता भएको हो। यस अघि फिल्ममा धिरज मगर इन भई सकेका छन।  माघ २० गतेबाट फ्लोरमा जाने फिल्म आगामी नयाँ बर्षको अवसर पारेर रिलिज गर्ने योजना झरनाले बनाईरहेकी छन।

सुहाना इन्टरटेनमेन्ट ब्यानरमा निर्माण हुने फिल्मको बिपिन फाईनल भएसंगै कलाकारको खोजि पुरा भएको छ। जनकपुर र मनाङमा छायांकन हुने फिल्ममा त्यहाँक स्थानीय कलाकारहरुको पनि अभिनय रहने जानकारी निर्माण टिमको छ।  फिल्ममा सुनिल कुमार थापाको लगानी हुनेछ।

प्रतिक्रिया दिनुहोस्