‘चलचित्र’ नामक फिल्म बन्ने, बिपिन र अर्पण फिक्स



रंगखबर, काठमाडौँ: ‘चलचित्र’ नामक फिल्म बन्ने भएको छ। निर्देशकद्वय सफल केसी र प्रतिक गुरुङको निर्देशनमा फिल्म बन्न लागेको हो। फिल्ममा हालै मात्र दुई अभिनेता बिपिन कार्की र अर्पण थापा फिल्ममा फाइनल भएका छन। शुक्रबार निर्माण टिम र दुई अभिनेतासँग लिखित सम्झौता भएको हो । निकुन श्रेष्ठ र सुशान्त श्रेष्ठले निर्माण रहने उक्त प्रोजेक्ट फिल्म बनाउँदा आउँने उतारचढाव र संघर्षको कथामा आधारित हुनेछ।

 

मनराम ग्रुप र मन प्रोडक्सन र रेजोनेटिङ पिक्चर्ससँगको सहकार्यमा बन्ने फिल्मको हाल स्क्रिप्टको काम भईरहेको छ। फिल्मको कथा निर्देशकद्वय सफल केसी र प्रतिक गुरुङकै हुनेछ।

 

प्रतिक्रिया दिनुहोस्