अजय देवगन निर्देशित ‘भोला’को टिजर सार्वजनिक



रंगखबर, काठमाडौँ: अजय देवगन निर्देशित फिल्म ‘भोला’को टिजर सार्वजनिक भएको छ। अजयले यस अघि शिवाय निर्देशन गरिसकेका छन। अजय र तब्बुलाई केन्द्रमा राखेर बनाईएको ट्रेलर निकैनै रोमान्चक देखिन्छ। एक्शन, ड्रामा, बदलामा आधारित फिल्म एक बुबाको कथा हो, जसले आफ्नो जीवनमा अहिलेसम्म आफ्नी छोरीको लागि धेरै गरेको छ। फिल्ममा तब्बुले प्रहरीको भूमिकामा देखिएकी छन। भोला बाहिर लडाकु र भित्री रक्षक हुन् । फिल्मलाई अजय देवगनले नै निर्माण गरेका हुन्। फिल्म ३० मार्चबाट रिलिज हुदैछ। फिल्मलाई 3D मा पनि हेर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्