‘शेहजादा‘को ‘छेडखानिया’ सार्वजनिक



रंगखबर, काठमाडौँ: फिल्म ‘शेहजादा‘को ‘छेडखानिया’ बोलको गीत सार्वजनिक भएको छ। अरजित सिंह र निकिता गान्धीको आवाज रहेको गीतमा प्रितमको म्युजिक, आई पी सिंह र श्लोके लालको शब्द रहेको छ। गणेश आचार्यको कोरियोग्राफी रहेको गीतमा मनिषा कोईराला कार्तिक आर्यन र कृति स्यानोन फिचर्ड छन।

 

गुलसन कुमार, टि सिरिज र अल्लु इन्टरटेनमेन्टको ब्यानरमा टि सिरिज र अल्लु अरविन्द प्रोडक्सनको सहकार्यमा बनेको फिल्मलाई रोहित धवनले निर्देशन गरेका हुन्। भुषण कुमार, कृष्ण कुमार, यस राधा कृष्ण, अमन गिल र कार्तिक आर्यनकै लगानीमा बनेको फिल्मको ओरिजनल कथा र पटकथा भने त्रिबिक्रमको रहेकोछ। फिल्ममा प्रितमको संगीत रहेको छ। तामिल भर्सनलाई दर्शकले मन जिते जस्तै हिन्दी भर्सनले पनि दर्शकले मन जित्ला त् यो भने १० फेब्रुवरीमा थाहा हुनेछ। फिल्ममा कार्तिक, मनिषा र कृतिका साथै परेश रावल, रोहित रोय र सचिन खेड़ेकरको पनि अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्