‘ह्यारी कि प्यारी’को ‘मिठो मिठो’ सार्वजनिक



रंगखबर, काठमाडौँ: माघ २० बाट देशभर प्रदर्शनको तयारीमा रहेको फिल्म ‘ह्यारी कि प्यारी’को ‘मिठो मिठो’ बोलको रमाइलो गीत सार्वजनिक भएको छ।देबंजली बि. जोशी र सौरभ दासको आवाज रहेको गीतमा युग भुसालको संगीत रहेको छ भने डा. कपिल रिजालको शब्द संयोजन छ। सार्वजनिक गीतमा  फिल्मका मुख्य पात्रहरु जितु नेपाल, साम्राज्ञी आर. एल. शाह केन्द्रित छन।

बि.आर. प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मलाई डा. भोला रिजालका सुपुत्र कपिल रिजालले निर्देशन गरेका हुन्। सुदिप बराल, गिरिराज घिमिरे, डाक्टर रिजाल र अभिमन्यू निरवीको पटकथा/संवाद रहेको फिल्ममा जितु नेपाल, साम्राज्ञी आर. एल. शाह, विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रन्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनाललगायतका कलाकारहरुको अभिनय छ । निर्देशक रिजालको प्रस्तुति रहेको फिल्ममा शिखर सन्तोष/युग भुषालको संगीत, कविराज गहतराजको कोरियोग्राफी, सुदिप बरालको छायांकन र अर्जुन जिसीको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्