‘गुलाबी’को फर्स्ट लुक पोस्टरमा ‘पारलिंगी महिला’ बने नाजिर



रंगखबर, काठमाडौँ: फिल्म गुलाबीको फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ। निर्माण टिमले दर्शकलाई सर्प्राईज दिदै फिल्मको पोस्टर रिलिज गर्दै प्रचार सुरु गरेको हो।  सार्वजनिक पोस्टरमा फिल्मका मुख्य पात्र नजिर हुसेन फिचर्ड छन।  पोस्टरमा उनि ‘पारलिंगी महिला’को भेषमा देखिएका छन। पोस्टर सार्वजनिक भएसंगै आम दर्शक माझ फिल्म प्रतिको कौतुहलता उब्जिएको छ।


दि स्काइ ओसन इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको ‘गुलाबी’लाई आलोक शुक्लाले छायांकन गरेका हुन् भने फिल्ममा भद्र भुजेल सह- निर्देशकका रुपमा देखिएका छन। पारालैंगिक कथावस्तुमा आधारित फिल्ममा नजिर हुसेन मुख्य भूमिका रहेको छ भने नाजिरको अपोजिटमा राजकुमार र सुशील सिटौला छन। फिल्ममा सञ्चिता लुइँटेल, विशाल पहारी,अनुपम श्रेष्ठ ‘हटी नटी’ र निशा बजगाईंको पनि मुख्य अभिनय रहेको छ। आकाश बुढाथोकी र रामकुमार श्रेष्ठको पटकथा रहेको गुलाबीमा संवाद भने अभिनेता नाजिर हुसेनको रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्