‘ह्यारी कि प्यारी’को ‘दम दम’मा साम्राज्ञीको हट अवतार



रंगखबर, काठमाडौँ: यहि माघ २० गतेबाट देशभर रिलिज हुनलागेको फिल्म ‘ह्यारी कि प्यारी’को ‘दम दम’ बोलको गीत सार्वजनिक भएको छ। प्रचार प्रचारमा तिव्र रुपले लागेको फिल्मका निर्माणले टिमले फिल्मका बारे अझ बढी जानकारी होस् भन्ने हिसाबले गीत सार्वजनिक गरेका हुन्। युग भुषालको शब्द तथा संगीत रहेको गीतमा थोम्स एन्ड्रियूजको आवाज रहेको छ। सार्वजनिक गीतमा बोल्ड अवतारमा डान्समा मंग्न रहेकी साम्राज्ञीलाई फिल्ममा भने एक डाक्टरको भूमिकामा देख्न सकिन्छ।

 

बि.आर. प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मलाई डा. भोला रिजालका सुपुत्र डा. कपिल रिजालले निर्देशन गरेका हुन्। उनको यो डेब्यु निर्देशकीय फिल्म हो। सुदिप बराल, गिरिराज घिमिरे, डाक्टर रिजाल र अभिमन्यू निरवीको पटकथा/संवाद रहेको फिल्ममा जितु नेपाल, साम्राज्ञी आर. एल. शाह, विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रन्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनाललगायतका कलाकारहरुको अभिनय छ । निर्देशक रिजालको प्रस्तुति रहेको फिल्ममा शिखर सन्तोष/युग भुषालको संगीत, कविराज गहतराजको कोरियोग्राफी, सुदिप बरालको छायांकन र अर्जुन जिसीको सम्पादन छ ।

 

प्रतिक्रिया दिनुहोस्