‘तिम्रो माया खै’ भन्दै सुनिल र गीता



रंगखबर, काठमाडौँ: गायिका अस्मिता अधिकारी र गायक योगेश काजी शाहको स्वरमा ‘तिम्रो माया खै’ बोलको गीत रिलिज भएको छ । गीतमा सुनिल विकले शब्द र संगीत दिएका छन् ।

 

लभ रोमान्टिक गीतको भिडियोमा सुनिल र मोडल गीता ढुंगाना फिचर्ड छन् । भिडियोको निर्देशन पनि सुनिल स्वयंमले गरेका हुन् । विवेक विकको छायाँकन रहेको भिडियोमा प्रविण भट्टको सम्पादन छ ।
सुनिलले यस अगाडी पनि केही गीतहरु ल्याएका छन् । सानै उमेरदेखि संगीत क्षेत्रमा लागेका सुनिल विक सर्जक प्रकाश सपुत र गायक देबेन्द्र बब्लुका भाई हुन् ।

 

प्रतिक्रिया दिनुहोस्