सोलो रिलिजमा ‘ह्यारी कि प्यारी’, कस्तो गर्ला व्यापार ?



रंगखबर, काठमाडौँ: प्रिमियरमा राम्रो प्रतिक्रिया पाएको फिल्म ‘ह्यारी कि प्यारी’ आज शुक्रबारबाट देशभरका हलहरुमा रिलिज भएको छ। साम्राज्ञी आर एल शाह र जितु नेपाल अभिनित फिल्मले प्रिमियरमा हरेकको मुखबाट तारिफ बटुलेको थियो। अहिले सम्मकै छुट्टै कथा अनि साम्राज्ञी र जितुको जोडी भएर पनि फिल्म प्रति आम दर्शकले चासो देखाईरहेका छन। सोलो रिलिजको अवसर पाएको फिल्मलाई लिएर जितु र साम्राज्ञी पनि निकै आशावादी देखिएका छन।

बि.आर. प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मलाई डा. भोला रिजालका सुपुत्र कपिल रिजालले निर्देशन गरेका हुन्। सुदिप बराल, गिरिराज घिमिरे, डाक्टर रिजाल र अभिमन्यू निरवीको पटकथा/संवाद रहेको फिल्ममा जितु नेपाल, साम्राज्ञी आर. एल. शाह, विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रन्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनाललगायतका कलाकारहरुको अभिनय छ । निर्देशक रिजालको प्रस्तुति रहेको फिल्ममा शिखर सन्तोष/युग भुषालको संगीत, कविराज गहतराजको कोरियोग्राफी, सुदिप बरालको छायांकन र अर्जुन जिसीको सम्पादन छ ।

लगातार फिल्महरु असफल भई रहेको बेला ह्यारी कि प्यारीले भने एक किसिमको हाईप भने क्रिएट गरिसकेको छ। अब हेर्न यो बाँकी छ कि फिल्मले हिट लिस्टमा नाम दर्ता गराउँन सफल हुन्छ कि फ्लपको धब्बा लगाएर अर्को फ्लप लिस्टमा नाम राख्छ। जे होस् ह्यारी कि प्यारीलाई सफलताको शुभकामना।

 

 

प्रतिक्रिया दिनुहोस्