त्रिकोणात्मक प्रेम भाव झल्काउने ‘प्रेमा’को टिजर



रंगखबर, काठमाडौँ: महापुरुष फेम्ड नायक अरुण क्षेत्रि र अभिनेत्रीद्वय शृष्टि श्रेष्ठ र शुभेक्षा खड्का अभिनित फिल्म प्रेमाको अफिसियल टिजर सार्वजनिक भएको छ।  केहि दिन अघि पोस्टर सार्वजनिक गरेको फिल्मका निर्माण टिमले टिजर सर्वजनिक गर्दै प्रचार सुरु गरेको हो।  सार्वजनिक टिजरमा शुभेक्षा र अरुणबिच माया र प्रेमिल संवादका साथै शृष्टिको उपस्थिति दर्शाउदै त्रिकोणात्मक प्रेम सम्बन्धको कथावस्तुलाई चित्रण गरेको देख्न सकिन्छ।
निर्देशक गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन रहेको फिल्म ‘प्रेमा’को फस्टलुक सार्वजनिक भएको छ । बाघठाटा फिल्म फ्याक्ट्रीको व्यानरमा निर्मित फिल्म आगामी चैत १७ अर्थात ३१ मार्चमा रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्