‘कामिनो’मा बर्षा र राज बल्लभको प्रवेश



रंगखबर, काठमाडौँ: दिपक ओलीले निर्देशन गर्ने फिल्म ‘कामिनो’मा अभिनेता प्रदिप खड्का पछि २ कलाकारहरु फाईनल भएका छन।  फिल्ममा अभिनेता राज बल्लभ कोईराला र अभिनेत्री बर्षा सिवाकोटीको इन्ट्री भएको छ। अभिनेता राज बल्लभ करिब १० बर्ष पछि अभिनयमा फर्किदै छन भने बर्षाकोपानी कोभिड पछिको यो पहिलो फिल्म हुनेछ।


नेपाल र ल्याटिन अमेरिकाका बिबिध स्थानमा छायांकन हुने फिल्म प्रेम,रोमान्स र सस्पेन्सले भरिएको निर्देशक ओलीले बताएका छन्। फिल्म पैदल यात्राबाटै अमेरिका प्रवेश गर्ने एक जोखिमपूर्ण यात्राको कथामा आधारित हुनेछ । चैत्र तेश्रो साताबाट छायांकन गर्ने लक्ष्य राखिएको फिल्म सौरभ लामाले खिच्ने छन् । फिल्ममा एसडि योगी र अलिस कार्कीको संगीत,सम्राट बस्नेतको द्धन्द्ध निर्देशन र दिनेश प्रकाश महराको प्रोडक्शन डिजाइन रहेको छ । दिनेशबहादुर राउत मुख्य सहायक निर्देशक रहेको फिल्मको सहायक निर्देशकमा अमृतमान ओली छन् । स्क्रिप्ट लेखनमा लेखक दवाडीलाई कुञ्जन भट्टराईले सघाएका छन् ।
फिल्मको हिरोइनलगायत अन्य कलाकार तथा प्राबिधिक चयन कार्य छिट्टै समापन गर्ने तयारी निर्माण पक्षको छ ।

प्रतिक्रिया दिनुहोस्