‘जारी’ टिजरमा दयाहाङ र मिरुनाको मिठो प्रेम



रंगखबर, काठमाडौँ: वैशाख १ गतेबाट देशभर प्रदर्शन हुने फिल्म जारीको अफिसियल टिजर सार्वजनिक गरिएको छ। केहि दिन अघि मात्र फस्टलुक पोस्टर सार्वजनिक गरेर एक किसिमको हाईप बनाई सकेको फिल्मले अब भने टिजर सार्वजनिक गर्दै प्रचारलाई अघि बढाएको हो। टिजरमा अभिनेता दयाहाङ र अभिनेत्री मिरुना मगरको मिठो प्रेम देख्न सकिन्छ। पूर्वी पहाडको लिम्बू समुदायमा रहेको ‘जारी’ प्रथाको कथामा आधारित फिल्म बनिरहेको फिल्महरु भन्दा भिन्न बनाउन खोजिएको छ।

 

उपेन्द्र सुब्बाले लेखन तथा निर्देशन गरेको फिल्म बाँसुरी फिल्म्सको ब्यानरमा निर्माण भएको हो। कबड्डी ४ मा रुचाईएको काजी र शान्ती मिसको जोडीलाई दर्शकले जारी मार्फत पुन: एकपटक देख्न पाउँने छन। रेश लिम्बूको कथा, झुमा लिम्बू र गंगा थापाको संगीत, शैलेन्द्र कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहेको फिल्मलाई रामबाबु गुरुङले निर्माण गरेका हुन्। फिल्ममा दयाहाङ र मिरुनासहित विजय बराल, रोयदीप श्रेष्ठ, रेखा लिम्बू, प्रेम सुब्बा, पुष्कर गुरुङ र कमलमणि नेपाल जस्ता कलाकारहरुको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्