सुरक्षा र मानवको प्रेमले पूर्णता पाउँदै



रंगखबर, काठमाडौँ: बौद्धिक हिरोईन भनेर चिनिने अभिनेत्री सुरक्षा पन्तले बिहे गर्ने भएकी छिन। उनले अभिनेता मानव सुबेदीसँग लगनगाँठो कस्न लागेकी हुन्। यी दुईले यहि फागुन २५ गते आफ्नो केहि वर्ष देखिको प्रेम सम्बन्धलाई पूर्णता दिन लागेका हुन्। फिल्म अन्तरलबाट डेब्यु गरेका मानवले त्यसपछि नेपथ्य र चिनी कम रङ कडामा अभिनय गरेक थिए। उता अभिनेत्री सुरक्षाले भने फिल्म अझै पनि बाट नेपाल फिल्म नगरीमा पाईला राखेकी हुन्।  त्यसपछि उनले गोपी, घर, आमा, के घर के डेरा लगायतका फिल्ममा काम गरेपनि उनलाई फिल्म आमाले नसोचेको सफलता दिएको थियो। चितवनमा हुने विवाह समाहरोहमा सकेसम्म आफन्त र केहि साथीहरुको मात्र उपस्थितिमा बिहे सम्पन्न गर्ने खबर बाहिरिएको छ।

प्रतिक्रिया दिनुहोस्