धिरजको ‘ज्याकी :आई एम ट्वान्टी वान’को फस्टलुक यस्तो



रंगखबर, काठमाडौँ: रेनशा वान्तवा राईले निर्देशन गरेको फिल्म ‘ ज्याकी :आई एम ट्वान्टी वान’का निर्माण टिमले फस्टलुकसँगै रिलिज डेट फिक्स गरेको छ। सार्वजनिक फस्टलुक भिडियोमा अभिनेता धिरज मगरलाई डान्सरको भूमिकामा देख्न सकिन्छ। आई कोर फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्म अब भने २०८० सालको बैशाख २१ गतेबाट रिलिज गर्ने तयारी भईरहेको छ।  प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जबराको निर्माणमा तयार भएको फिल्ममा धिरज मगरसंगै जसिता गुरुङ र अरुण क्षेत्रिको पनि मुख्य अभिनय रहेको छ। फिल्ममा रोहित शाक्य र कालिप्रसाद बाँस्कोटाको संगीत, सुशन प्रजापतिको छायांकन, द वाइल्र्ड रिप्पर्ज क्रुको कोरियोग्राफी छ । रेनशाले यसअघि फिल्म इन्टु मिन्टू लन्डनमा निर्देशन गरिसकेकी छन जुन बक्स अफिसमा सफल सावित बनिसकेको छ।

प्रतिक्रिया दिनुहोस्