दयाहाङ र प्रकृतिको जन्त जाने दिन वैशाख १ गते



रंगखबर, काठमाडौँ: दयाहाङ राई र प्रकृति श्रेष्ठ स्टारर फिल्म ‘बिहे पास’ले पोस्टर सार्वजनिक गर्दै रिलिज मिति तय गरेको छ।  अब भने फिल्म आउँने नयाँ बर्षको अवसर पारेर वैशाख १ गतेबाट देशभरका हलहरुमा प्रदर्शन हुने पक्का भएको छ।  जन्त जाने दिन भन्दै सार्वजनिक गरिएको पोस्टरमा फिल्मका मुख्या पात्रहरु दयाहाङ राई,प्रकृति श्रेष्ठ,बुद्धि तामाङ,शिसिर वाङ्देल, रबिन्द्र झा र रुषा न्यौपानेलाई लगायतका कलाकारहरुलाई स्थान दिईएको छ।

सामाजीक कथामा आधारित फिल्मलाई  प्रबेश पौडेलले निर्देशन गरेका हुन् भने रोहित कट्टेल र रत्न श्रेष्ठले निर्माण गरेका हुन् । पूर्वी नेपालका बिभिन्न रमणीय स्थलमा खिचिएको फिल्म आरआर फिल्मस् प्रोडक्शनको ब्यानरमा निर्माण भएको हो । शिब ढकालले खिचेको फिल्मका गीतमा प्रबेश मल्लिकको संगीत,डिपी खनालको गीत,शैलेन्द्र प्रधानको पाश्र्व संगीत छ ।

रामजी लामीछानेको कोरियोग्राफी रहेको फिल्म मित्र गुरुङले सम्पादन गरेका हुन् । मर्रे केर,आकाश बराल र सजन काफ्लेको कथा रहेको फिल्मको पटकथा र सम्वाद भने आकाश र सजनले तयार पारेका हुन् ।

 

 

प्रतिक्रिया दिनुहोस्