‘जय हो’मा निशाको प्रवेश



रंगखबर, काठमाडौँ: शोभित बस्नेतको आगामी प्रोजेक्टमा अभिनेत्री निशा अधिकारी फाईनल भएकी छ। शुक्रबार निर्माण टिम र निशा बीच कागजी सम्झौता भएको हो।
सुरेश न्यौपानेको कथामा बन्न लागेको फिल्ममा शम्भुजित बास्कोटा र सागर आले मगरको संगीत रहनेछ। फिल्ममा राज के अधिकारी र सुरज सरकारको लगानी रहनेछ। काठमाडौँ, पोखरा र मुस्ताङमा फिल्मको छायांकन हुनेछ।
यस अघि फिल्ममा अर्पण थापा, सलोन बस्नेत र माओत्से गुरुङ तय भइसकेका छन् ।फिल्म नयाँ बर्ष २०८० भदौमा प्रदर्शन गरिने छ। फिल्म टेक पौरखी राईको निर्देशनमा बन्ने छ। फिल्म फागुनको अन्तिम साताबाट फ्लोरमा जादैछ।

 

प्रतिक्रिया दिनुहोस्