पलले सफाई पाएपछि पूजा भन्छिन ‘सबै फोहोर पखालियो’



रंगखबर, काठमाडौँ: नाबालिग गायिका माथि बाल यौन दुराचारको मुद्दामा सजाय भोगिरहेका अभिनेता पल शाहलाई उच्च अदालत पोखराले सफाई दिएको छ। आईतबार न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो । उनि भोली सोमबार नै रिहाइ हुनेछन।

 

पलले सफाई पाउने बित्तिकै अभिनेत्री पूजा शर्माको खुसीको सिमा रहेको छैन उनले हतार हतार आफ्नो सामाजिक संजाल फेसबुक मार्फत खुसी साटेकी छन। उनि लेख्छिन ‘आज पानी पर्यो, सबै फोहोर पखालियो । मेरो साथी पलले सफाइ पायो । अब सबै कुरा सुन्दर भएर आयो । धन्य भगवान 🙏’

प्रतिक्रिया दिनुहोस्