चलचित्र पत्रकार संघ नेपालले पायो नयाँ कार्यसमिति



चलचित्र पत्रकार संघ नेपालले समीर बलामीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

बुधबार राजधानीमा सम्पन्न संघको २३औं वार्षिक साधारण सभा तथा नवौं केन्द्रीय महाधिवेशनमा बलामी अध्यक्षमा निर्वाचित भए । यस्तै संगठन उपाध्यक्षमा विजय आवाज सुवेदी, कार्यक्रम उपाध्यक्षमा कुबेर गिरी र महिला उपाध्यक्षमा सुरक्षा भट्टराई विजयी भए ।

महासचिवमा रघुनाथ सापकोटा, सचिवमा नविन गिरी, समावेशी सचिवमा उद्धव रसाइली र कोषाध्यक्षमा मनिष कार्की विजयी भए । सह-कोषाध्यक्षमा मनिष अन्जान दाहाल निर्विरोध निर्वाचित भएका थिए ।

कार्यसमितिको ८ सदस्यतर्फ महिला सदस्यमा सुष्माश्री कार्की र खुल्लाबाट सिपी जैसी, सुरेन्द्र थापा, अर्जुन गुरागाईं, निशा बजगाईं, अनुप भट्टराई र कृष्ण पाण्डे निर्वाचित भए । यस्तै समावेशी सदस्यमा महमद जलिम निर्विरोध निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्