‘छक्का पन्जा ४’को क्लिपहरु टिकटकमा भाईरल, दीपाले दुखाईन चित्त



रंगखबर, काठमाडौँ: शुक्रबारबाट रिलिज भएको फिल्म ‘छक्का पन्जा ४’ले आक्रामक व्यापार गरिरहेको छ। शुक्रबारबाट नै आक्रामक ओपनिङ्ग गरेको फिल्मले शनिबारका प्राय: हरेक शोहरुमा हाउसफुल व्यापार गरेको थियो।  आईतबार बिहानै देखि दर्शकको साथ पाईरहेको फिल्मले यो हप्ता भरिनै उल्लेखनिय व्यापार गर्ने अड्कल गरिएको छ। भोली सोमबार देखि लगातार ३ दिन सम्मको सार्वजनिक बिदाले गर्दा फिल्मलाई निकै फाईदा हुने देखिएको छ। ओपनिङ्ग डे मै १ करोडको हाराहारीमा कमाई गरेको फिल्मले शनिबार पनि १ करोड भन्दा माथिको ब्यापार गरेको जानकारी बाहिरिएको छ। हालाकि फिल्मको नेट कलेक्सनको विवरण भने आईसकेको छैन।

फिल्मले राम्रै कमाई गरिरहेको बेला अहिले ‘छक्का पन्जा ४’का निर्माण टिमले हरेक फिल्मले खेप्दै आएको समस्या खेप्नु परेको छ। फिल्मको क्लिपहरु टिकटकमा हालेर भाईरल हुने परम्परा छक्का पन्जा ४को हकमा दर्शकहरुले लागु गरेका छन। उता निर्माण टिमभने अहिले यहि समस्याक कारण तनावमा छ।  कतिपय दर्शकले फिल्मको लामै भिडियो क्लिप टिकटक एवं युटुव जस्ता सामाजिक संजालमा पोस्ट गर्न थालेपछि निर्माण टिम दिक्क बनेको हो। शनिवार दर्शक प्रतिक्रिया बुझ्ने क्रममा निर्माण टिमले  चित्त दुखाएका छन। फिल्मका कलाकार केदार घिमिरेले दर्शकलाई भिडियो पोस्ट नगर्न आग्रह गर्दै फेसबुकमै स्ट्याटस लेख्दै चेतावनी सम्म दिएका छन। उनि लेख्छन ‘सचेत रहनुहोला है !!!! कानुनी प्रकृयाको लागि OSR र अन्य ब्यक्तिहरु (cyber)प्रहरीमा जादैछन् भन्ने सुचना भर्खरै पाएं मैले। कृपया आफुले अपलोड गरेको चलचित्रको भिडियो डिलेट गरि कानुनी झमेला बाट बच्नुहोला। ( यो पोष्ट शेयर गरि सबैमा पुर्याई दिनुहुन अनुरोध गर्दछौं)।’  उता फिल्मकि अर्की कलाकार तथा निर्मात्री दिपा श्री निरौलाको पनि गुनासो उस्तै छ, उनिपनि दर्शकलाई भिडियो क्लिप सामाजिक संजालमा पोस्ट नगर्न आग्रह गर्दै भन्छिन ‘यो समस्या छक्का पन्जा ४ को मात्र होईन हरेक नेपाली फिल्मले भोग्ने समस्या हो। यस्तो परम्पराको जति सक्दो चाडो अन्त्य गर्नु पर्ने बताएकी छन। फिल्मले अहिले सम्म आक्रामक व्यापार गरिरहेको छ।

 

प्रतिक्रिया दिनुहोस्