‘मेनडग’लाई पत्याएनन दर्शकले, अनमोलको करियरकै कमजोर व्यापार



रंगखबर, काठमाडौँ: गत शुक्रबार अर्थात फागुन १९ गतेबाट दुई ठुला फिल्महरु ‘छक्का पन्जा ४’ र ‘२.० छड्के’ प्रदर्शनमा आएका छन। बर्षकै प्रतिक्षित मानिएका फिल्महरुले रिलिज अघिनै दर्शक सामु छुट्टै हाईप क्रिएट गरिसकेका थिए। करिब ५ बर्षपछि ‘छक्का पन्जा’को पाचौँ सिरिज आएकाले पनि फिल्म प्रतिक्षित बन्नु स्वाभाविक नै हो। उता २.० छड्के पनि के कम, अनमोलको स्टारडमको आडमा फिल्म चल्नेमा निर्माण टिम ढुक्कै थियो। लभर ब्वाईको छवीले दर्शक तान्दै आएका अनमोल केसीको यस पटक भने  ग्याङ्गस्टर लूक्सले धेरै दर्शक तान्ने आकलन पनि गरिएको थियो। रिलिज अघि उनको लूक्सलाई लिएर धेरै ट्रोल्स नबनेका भने हैनन। सामाजिक संजालमा एकजमातले अनमोलको लूक्सलाई लिएर ट्रोल्स बनाएपनि त्यहि सामाजिक संजालमा एक जमात भने अनमोलको भिन्न भूमिका हेर्न आतुर देखिएका थिए।

तर, जब ‘छड्के’ हलमा लाग्यो न त ति ट्रोल्स बनाउने जमात नै हलमा पुगे न त अनमोललाई सपोर्ट गर्ने सपोर्टरहरु नै, फलस्वरूप फिल्मले प्रदर्शनको तेश्रो दिनसम्म आईपुग्दा पनि दर्शकको साथ पाउँन सकेको छैन।
ओपनिङ्ग डेमा अनमोलको स्टारडमले पनि दर्शकको माया पाउँने निर्माण टिमले आसा गरेका थिए। तर, निर्माण टिमको आशालाई दर्शकले निराशामा परिणत गरिदिए।

शनिबार विदाको दिन प्राय: सबैको फुर्सदको दिनमा अनमोललाई दर्शकले पत्याउने प्रयास नै गरेनन फलस्वरूप हलमा फाट्टफुट्ट दर्शकहरु मात्र हलमा भेटिए। आज आईतबार फिल्मलाई क्यु एफ एक्सले जम्मा ११ शोज दिएको छ।  जसलाई हेर्ने हो भने बूकिंगको रेकर्ड अहिले सम्मपनि खासै देखिएको छैन।

होस्टल देखि छड्के सम्म आईपुग्दा अनमोलले ९ वटा फिल्ममा मुख्य भूमिका निभाएका छन। तर छड्के भन्दा अघिका सबै फिल्महरुले इनिसियल व्यापार राम्रो गरेका थिए। उनका कतिपय फिल्मले त् आक्रामक ओपनिङ्ग पनि नगरेका पनि हैनन। छड्केको हकमा भने हाल सम्मकै झुर ओपनिङ्ग मानिएको छ। कतिपय समिक्षकहरुले फिल्मलाई ‘यत्तिको झुर फिल्म अब कहिल्यै नबनोस्।’ सम्म भन्न भ्याएका छन। भने कतिपयले अनमोलको स्टारडम चलेन भन्दै कुरा सम्म काट्न थालिसकेका छन।

छड्केको व्यापारबारे न त निर्माण टिमले केहि जानकारी दिएको छ न फिल्मका वितरकले नै आँट गर्न सकेका छन। फिल्मलाई केहि हदसम्म स्ट्रङ्ग बनाउँन निर्माण टिमले चर्चित र्यापर समीर घिसिङ्ग उर्फ भिटेनलाई समेत र्याप गाउँन लगाएका थिए। भिटेनको र्यापले पनि फिल्मलाई सहयोग गर्न सकेन।

छड्केले अनमोलको करियरकै झुर व्यापार गरे पछि अनमोलको करियर अनि लाखौ पारिश्रमिक लिने उनको परम्परा केहि हदसम्म धर्मराउन सक्ने अहिले सिने वृतमा हल्ला चल्न थालीसकेको छ। जे होस् ताली र गाली दुवैलाई पचाउने अनमोलले यस पटकको असफलतालाई पनि सजिलै स्वीकार्ने छन भन्ने आसा गरौ, अनमोललाई आगामी फिल्मका लागि शुभकामना।

‘२.० छड्के’सँगै प्रदर्शन भएको फिल्म ‘छक्का पन्जा ४’ले भने देशभर आक्रामक व्यापार गरिरहेको छ।

 

 

प्रतिक्रिया दिनुहोस्