‘ज्याकीः आई एम ट्वान्टी वान’ संवाद टिकटकमा भाईरल, रेनशा दिईन धयावाद



रंग खबर, काठमाडौँ: रेनशा वान्तवा राई निर्देशित फिल्म ‘ज्याकीः आई एम ट्वान्टी वान’को टिजर रिलिज भएसँगै फिल्म आम दर्शकमाझ प्रतिक्षित बनिरहेको छ। डान्स ड्रामामा आधारित फिल्म भएकाले पनि दर्शक सामु फिल्म प्रतिक्षित बनिरहेको हो। अहिले भने फिल्ममा समावेश एक संवाद टिकटकमा भाईरल बनिरहेको छ।

‘बाबा मलाई थाहा छ, मैले रोजेको बाटो सजिलो छैन । तर, मलाई यो पनि थाहा छ मेरो सपना फरक हो गलत होइन ।’ उक्त संवादमा अहिले कयौँ टिकटक भिडियोहरु बनिरहेका छन। टिकटकमा फिल्मको संवाद भाईरल बनेपछि  निर्देशक रेनशाले ‘दर्शकले हामीले जे कुरा भन्न खोजेका छौं, त्यो कुरालाई मनमा लिनुभएको छ । दर्शकलाई संवादले नै मन छुनु खुशीको कुरा हो । फिल्मप्रति दर्शकको अपेक्षालाई हामी कम हुने दिने छैनौं ।’ भन्दै खुसी व्यक्त गरेकी छन।

आईकोर फिल्म्सले यस अगाडि बनाएको फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ले समेत दर्शकको मन जितेको थियो । यसैले, रेनशा र उनको ब्यानरप्रति दर्शकको अपेक्षा उच्च हुनु स्वभाविक नै हो ।

यो फिल्ममा धिरज मगर, जसिता गुरुङ, अरुण क्षेत्री, प्रेम सुब्बा लगायतका कलाकारको अभिनय छ ।

 

प्रतिक्रिया दिनुहोस्