घटनामा संलग्न कसैलाई पनि गाली नगर्न पलको अनुरोध



रंगखबर, काठमाडौँ : नाबालिक गायिका बलात्कारको आरोपमा प्रमाण नपुगेको भन्दै अदालतले अभिनेता पल शाहलाई उच्च अदालत पोखराले सफाई दिएपछि पल अहिले आफ्नै निवाश फर्कीसकेका छन। उनलाई न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको थियो।

अब भने ट्याक्कै १ बर्षपछि पलले सामाजिक संजाल मार्फत आफ्ना परिवार, आफन्त, साथीभाइ मात्र होइन लाखौ दर्शकहरुलाई धन्यवाद दिएका छन। उनले म मात्तिएको छैन भन्दै यसो भनेका हुन…..’नमस्कार सबैजनालाई 🙏सिकाई जीवनभर अनवरत चलिरहने प्रक्रिया हो। बितेको एक वर्षलाई मैले सिकाईको उर्बर समयको रुपमा लिएको छु। मनमा न कसैप्रति रिस बाँकी छ न त कुनै प्रतिशोधको भावना। छ त केबल आफ्नो कर्मलाई तिखार्ने र दर्शकको अपेक्षालाई पुरा गर्ने एउटै लक्ष्य।साथै मेरो बितेको एक बर्षको त्यो घटनासंग जोडीएका सम्पूर्ण ब्यक्तित्वहरुमा मेरो सदा सम्मान र सद्भाभ। र यहाँ कोही कसैको दोष नभएर समयको दोष थियो त्यसैले मेरो अनुरोध, कसैलाई गाली गलौच र नराम्रो ब्यबहार नगरीदीनुहोला। उहाँहरुसंग फेरी सहकार्य गर्ने वातावरण मिलोस। त्यसैले सम्मानित अदालतको निर्णयलाई सम्मान गर्दै म फेरी पुरानै संघर्षशील दैनिकीमा फर्किएको छु। मेरो स्वागतमा परिवार, आफन्त, साथीभाइ मात्र होइन हजारौं दर्शकको भिड देख्दा म मात्तिएको छैन। बरु यो शुभेच्छाले मलाई थप जिम्मेवार बनाएको छ।त्यसैले सम्पूर्ण भगवान रुपी प्रिय शुभेच्छुकहरुलाई मनदेखि आभार प्रकट गर्दछु। 🙏
रङ्गिन र सुखमय होस जीवन!
होलीको शुभकामना सम्पुर्णमा !❤️

प्रतिक्रिया दिनुहोस्