‘जुलेबी’को फस्टलुक पोस्टर सार्वजनिक



रंगखबर, काठमाडौँ: अन्तराष्ट्रिय नारी दिवशको अवसर पारेर फिल्म जुलेबी को फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ। सुरक्षा पन्त, उषा रजक, निशा अधिकारी र मोनिका थापाको मुख्य भूमिका रहेको फिल्ममा सुशील सिटौला , पुष्कर कार्की , तुफान थापा लगायतका कलाकारको अभिनय रहेको छ।

फोर क्युब इन्टरटेन्मेन्टको ब्यानरमा बनेको यो फिल्ममा चार नारी पात्रको कथा समेटिएको छ । फिल्मलाई निर्देशक गणेश देव पाण्डेले निर्देशन गरेका हुन् । उनले यस अघि मन्चरी, गाजा बाँजा जस्ता सफल फिल्म निर्देशन गरिसकेका छन् ।

एथोलजी विधामा रहेको यस फिल्ममा नारी पात्रको सशक्त र अब्बल अभिनय रहेको छ । फिल्मलाई आभा शर्मा नेपालले निर्माण गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्