राजेश पायल भन्छन ‘प्रमाण ल्याउनु भयो भने तपाईंको पाउमा मेरो शिर राखी दिन्छु



रंगखबर काठमाडौँ: गायक राजेश पायल राईले आफुलाई मानहानी हुने गरि समाचार छापिएपछि फेसबुकमा स्ट्याटस लेख्दै आपत्ति जनाएका छन। उनकि आफ्नै पत्नी साङबुङ राईको एउटा स्टाटस हिजो सामाजिक सञ्जालमा भाइरल भएको थियो । जसमा उनले आफ्नो बच्चालाई बाबुले शरीरमा तातोपानी खन्याइदिएको उल्लेख गरेकी थिइन् ।

अब भने शोही खबरलाई नकार्दै उनले फेसबुक मार्फत स्पष्टीकरण दिएका छन। उनि लेख्छन ‘गम्भिर आपती 🤺प्रमाण ल्याउनु भयो भने तपाईंको पाउमा मेरो शिर राखी दिन्छु। एउटा Status कै भर मा कसैलाई यती ठुलो गाली गलौज लेख्न मिल्छ ? Thumbnail मा त्यसरी Describtion दिन मिल्छ ? मेरो ब्यक्तिगत details छाप्न मिल्छ ?? बिना प्रमाण यत्रो मानहानि गर्न मिल्छ ?अनेक अनेक तुच्छ भाषा प्रयोग गर्न मिल्छ,आउनुस् म challenge दिन्छु यदी प्रमाण ल्याउनु भयो भने तपाईंको पाउमा मेरो शिर राखी दिन्छु 🤟हिजो घटेको घटना रहेछ बच्चालाई hospital लगेको होला,नलेगेनी हिजो खन्याको तातो पानी त पक्कै पानी फोका ऊठ्यो होला रातो दाग होला ! घाऊ होला ,प्रमाण ल्याउनुस् मेरो शिर तपाईंको हातमा राखिन भने म किराती होइन 🇳🇵यदी मेरो नाम प्रयोग गरेर आफ्नो पत्रकारिता ,यानेकी तपाईंको चुल्हो बल्छ भने त म खुशी नै हुन्छु र अझ प्रार्थनै गर्छु मलाई झन सराप्नुस् तर त्यती गर्दा चै तपाईं को चुल्हो बल्नु पर्छ नी ? अ हिजो को चल्लो आजको के रे ??? र ..मेरो भलो नचिताउने,मेरो क्यारियर समाप्त गराउने गिरोह सक्रिय हुनलागेको हुदा ,आउँदा दिनहरुमा म माथी यस्तै कुनै षड्यन्त्र भयो भने आस्चार्य मान्नु पर्ने छैन ।आसा छ त्यो क्षणमा मलाई मेरा सुभचिन्तक ,साथीभाइ र सन्चारकर्मी ले सत्यको बाटोमा सहयोग गरिदिनु हुनेछ । #सायारेम

March 2023
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
प्रतिक्रिया दिनुहोस्