रोशनकि ‘भिर माहुरी’ बनिन प्रियंका



रंगखबर, काठमाडौँ: गायक आर सी रिमाल र गायिका अन्जु पन्तको स्वरमा रहेको गीत ‘भीर माहुरी’ सार्वजनिक गरिएको छ। मोहन थापाको शब्द र गायक आर सीकै संगीत रहेको गीतमा रोशन केसी र प्रियंका कार्कीको अभिनय रहेको छ ।

डान्सिङ विट रहेको भिडियोमा भिजन शिवाकोटीको कोरियोग्राफी तथा निर्देशन रहेको रहेको छ। गीतकार थापाको प्रेमिल शब्द अनुसारको म्युजिक भिडियो बनेको छ । यस म्युजिक भिडियोमा निर्देशक शिवाकोटीले गीतको भाव जस्तै निर्देशन र कोरियोग्राफीमा भिडियो तयार पारेका छन् । उनले रोशन र प्रियंकाको जोडीलाई जमाउन सफल भएका छन् । सार्वजनिक भिडियोमा रोशन र प्रियंकाको नृत्य हेर्न सकिन्छ ।

भिडियोमा उत्सव दाहालको छायांकन रहेको छ भने, विकाश दाहालको सम्पादन र रंग संयोजन रहेको छ । भिडियो नेपमेलो युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्