गायक दिनेशको ‘परदेशी’ सार्वजनिक



रंगखबर, काठमाडौँ: गायक दिनेश गौतमको आवाजमा ‘परदेशी’ बोलको गीत सार्वजनिक गरिएको छ। पुस्तक प्रसादको शब्द संगीत रहेको गीतमा गायक स्वयमकै अभिनय रहेको छ। गीतको संगीत एरेन्जको काम एस के बच्चाले गरेका छन् । भिडियोमा गायक गौतमका अलावा राम चन्द्र गौतम, लिला केसी , सुदीप ढकाल , एलिना ठकुरी, बद्री चौँलागाई, निर्मल खत्री, सागर पुन मगरको पनि अभिनय रहेको छ । गीतको छायाँकन तथा निर्देशन रामजी लामिछानेले गरेका छन् । सार्वजनिक गीत गायक गौतमकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्