‘नाई नभन्नु ल ६’को ‘दिउँला माया’ सार्वजनिक



रंगखबर, काठमाडौँ: आगामी वैशाख १ गतेलाई प्रदर्शन मिति तय गरेको फिल्म नाई नभन्नु ल ६ को पहिलो गीत सार्वजनिक भएको छ। यस अघि टिजर र पोस्टर सार्वजनिक गरेर एक प्रकारको हाईप बनाई सकेको फिल्मले गीत सार्वजनिक गर्दै प्रमोसन सुरु गरेको हो। सार्वजनीक ‘दिउँला माया’ बोलको गीतमा फिल्मका मुख्य कलाकार आशिर्वाद बि. क्षेत्रि र आँचल शर्मालाई देख्न सकिन्छ। शरद शंखर र बेनिशा पौडेलको आवाजमा सजिएको गीतलाई विकाश राज आचार्यले लेखेका हुन् भने गायक स्वयम् कै संगीत रहेको छ।

 

विकाश राज आचार्यकै निर्देशनमा बनेको फिल्म नाई नभन्नु ल को छैठौ शृंखला हो। यस अघिका सबै सिरिजलाई दर्शकले साथ दिएका थिए। फिल्मको कथा, पटकथा विकासराज आचार्य, सामीप्यराज तिमल्सिना र अरुणदेव जोशीले लेखेका हुन। आख्यान फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मलाई विकासराज आचार्य र विष्णुमणि दाहाल निर्माताका रुपमा देखिएका छन।

पूर्वी नेपालमा खिचिएको फिल्ममा आँचल शर्मा आशिर्वाद बि. क्षेत्रि र केकी अधिकारीको मुख्य भूमिका रहेको छ।  फिल्मका मुख्य अभिनेता आशिर्वादले यसै फिल्मबाट डेब्यु गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्