रेखासँग फिल्म खेल्ने पक्का भएपछि पूजा भन्छिन सपना पुरा भयो



रंगखबर, काठमाडौँ: निर्देशक ज्ञानेन्द्र देउजाले निर्देशन गर्ने आगामी फिल्मकालागि दुई मुख्य अभिनेत्रीहरु अनुवन्धित भएका छन।  उनको आगामी प्रोजेक्टकालागि अभिनेत्रीद्वय रेखा थापा र पूजा शर्मा फाईनल भएका हुन्।  निर्देशक देउजा र अभिनेत्रीहरु बीच हालै कागजी सम्झौता भएको छ। रेखा फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्मका अन्य कलाकारहरु भने फाईनल भएका छैनन। हलाकि फिल्ममा अभिनेत्री आँचल शर्मा हुने कुराको हल्ला भने चलिसकेको छ तर आँचल र निर्माण टिमबीच कागजी सम्झौता भने भएको छैन।

रेखा फिल्म्स र निर्देशक देउजासँग पहिलो पटक सहकार्य गर्न लागेकी अभिनेत्री पूजाको भने अहिले खुसीको सिमा नै रहेको छैन।  उनले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत आफ्नो खुसी ब्यक्त गर्दै फिल्मका निर्माण टिमसँग काम गर्न पाएकोमा धन्यवाद दिदै खुसी सतेकी छन।

उनि लेख्छिन ”पर्दामा प्रिय रेखा थापा दिदीले ‘मैले त्यही भएर मन पराको’ भनेर नृत्य गर्दै गर्दा होस् या अन्यायको विरुद्धमा समाजका खलपात्रहरुसँग लड्दै गर्दा मलाई पनि उहाँ जस्तै बन्ने रहर थियो । यस्तै यस्तै सपना बोकेर फिल्म क्षेत्रमा आएकी म आज आएर आफ्नो बेष्ट नायिकासँग पर्दा शेयर गर्न पाउँदा हर्षित छु । रेखा दिदीको साथमा नयाँ फिल्ममा काम गर्दै गर्दा धेरै कुरा सिक्नेछु भन्ने लागेको छ । फिल्मका निर्देशक ज्ञानेन्द्र देउजाको निर्देशनको मात्र होइन, उहाँको व्यवहारले पनि मलाई सधै प्रभावित बनाएको थियो । प्रिय, ज्ञानेन्द्र दाइको निर्देशनमा रेखा दिदीसँग एउटै पर्दामा देखिनु मेरा लागि कही कतै सपना नै हो कि जस्तो पनि लाग्दैछ । तर, फिल्म क्षेत्रमा आएर केही फिल्म गर्दै गर्दा दर्शकले मलाई अथाहा प्रेम दिनुभएको छ । तर, यो फिल्म मेरा लागि सधै बिशेष हुनेछ । रेखा दिदी र ज्ञानेन्द्र दाइलाई काम गर्ने अवसर दिनुभएकोमा धेरै धेरै आभार व्यक्त गर्न चाहन्छु ।
प्रिय दर्शकसँग, अब हाम्रो भेट विशेष हुनेछ ।
जय नेपाली चलचित्र ।”

प्रतिक्रिया दिनुहोस्