बुलाकीको ‘नाच सुवा नाच’ सार्वजनिक



रंगखबर, काठमाडौँ: जारी प्रथाको कथामा आधारित फिल्म ‘बुलाकी’को पहिलो गीत सार्वजनिक भएको छ। यस अघि टिजर सार्वजनिक गरेर एक प्रकारको हाईप क्रिएट गरेको फिल्मका निर्माण टिमले अब भने ‘नाच सुवा नाच’ बोलको गीत सार्वजनिक अग्र्दै प्रचारलाई तीव्र बनाएको हो। फिल्मका मुख्य पात्रहरु सुरक्षा पन्त, नरेन खड्का फिचर्ड गीतमा सी डी विजय अधिकारी र रचना रिमालको आवाज रहेको छ। गीतमा गोविन्द मधुर आचार्यको शब्द रचना तथा संगीत रहेको छ भने कविराज गहतराजले कोरियोग्राफी गरेका छन।

टोपेन्द्र विष्टको निर्माणमा बनेको फिल्मलाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन्। फिल्ममा शिव ढकालको छायांकन र अर्जुन जिसीको सम्पादन छ। कर्णाली प्रदेशको उत्तरपूर्वी, दक्षिण र मध्य भागमा छायांकन गरेको फिल्ममा सुरक्षा र नरेनका साथै रमेश बुढाथोकी, सुशील पोखरेल, लक्ष्मी गिरी, प्रकाश कँडेल, कुलदीप अधिकारी, झलनाथ खत्रीलगायतका कलाकारहरुको पनि अभिनय छ ।

स्व. मोति विष्टको प्रस्तुति रहेको फिल्म छत्रेश्वरी म्यानेजमेन्ट प्रालिको व्यानरमा निर्माण गरिएको हो । फिल्म यहि वैसाख १ गतेबा प्रदर्शन हुदैछ।

प्रतिक्रिया दिनुहोस्