प्रेमाको ‘फूल यो चुँडेर’ बोलको गीत सार्वजनिक



रंगखबर, काठमाडौँ: यहि चैत १७ गतेबाट देशभर प्रदर्शन हुन लागेको फिल्म ‘प्रेमा’को स्याड गीत सार्वजनिक भएको छ।  बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै निर्माण टिमले गीत सार्वजनिक गरेको हो। ‘फूल यो चुँडेर’ बोलको गीतमा फिल्मका मुख्य कलाकार अरुण क्षेत्री, सृष्टि श्रेष्ठ र शुभेक्षा खड्कालाई देख्न सकिन्छ।  गीतमा एसडी योगीको स्वर, सबिन एकतारेको शब्द र सुशान्त गौतमको सङ्गीत छ ।

काठमाडौं, धनगढी र कर्णालीमा सुटिङ गरिएको फिल्ममा अरुण, शुभेक्क्षा र सृष्टिकासँगै  विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सबिन बास्तोला, रोशनी स्याङबो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलिया जस्ता कलाकारहरु अभिनय छ । फिल्मलाई  निर्देशक गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन हुन भने  बाघठाटा फिल्म फ्याक्ट्रीको व्यानरमा फिल्म निर्माण भएको हो।

निर्देशक भण्डारीका अनुसार फिल्मले त्रिकोणात्मक प्रेमकथा बोल्छ । फिल्म गोविन्द सिंह भण्डारी र विवेक घिमिरेले निर्माण गरेका हुन् । सामर्थविक्रम थापाको कार्यकारी निर्माण रहेको फिल्ममा सुशान्त गौतमको संगीत, सुशान्त, सबिन एकतारे र अनिल शर्माको गीत, चन्द्र भट्टराईको प्रमुख सहायक निर्देशन, अमित श्रेष्ठको व्याकग्राउण्ड स्कोर र ५।१ मिक्सिङ, शैफुद्दीन कादर मोहम्मदको क्रिएटिभ हेड, कृष्ण भण्डारीको सम्पादन तथा रंग संयोजन र महेश पौडेलको डीओपी छ । फिल्मलाई उपत्यकामा जीजीए ग्रुप र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्