म्युजिक भिडियो र फिल्मको गीतमा नृत्य गर्ने कोरसको पारिश्रमिक बढ्ने



रंगखबर, काठमाडौँ: फिल्म र म्युजिक भिडियोका डान्सरको पारिश्रमिक बढ्ने भएको छ। गत साता बसेको चलचित्र नृत्य संघको बैठकले पारिश्रमिकको नयाँ दर तोक्ने निर्णय गरेको हो।

अब भने फिल्मको गीतमा नृत्य गर्ने डान्सरहरुले एक दिनको तिन हजार, दुई दिनको पाँच हजार तथा छायांकन तिन दिन सम्म भएको खण्डमा छ हजार पारिश्रमिक पाउँने भएका छन।

म्युजिक भिडियोका डान्सरले भने लोकपप, आधुनिक, भाषाभाषी सबैखाले गीतमा नृत्य गरेबापत एक दिनको दुई हजार रुपैयाँ र विदेशी फिल्मको हकमा प्रतिदिन तीन हजार रुपैयाँ पारिश्रमिक कायम गरिएको छ । सो नियम आउँदो वैशाख १ गते देखि लागु हुनेछ।

March 2023
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  

प्रतिक्रिया दिनुहोस्