दयाहाङ र प्रकृतिको बिहे पासको ट्रेलर सार्वजनिक



रंगखबर, काठमाडौँ: यहि वैशाख १ गतेबाट रिलिज हुन लागेको फिल्म ‘बिहे पास’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ। ३ मिनेट ४ सेकेन्ड लामो ट्रेलरमा श्रीमान-श्रीमती बीचको तालमेल नमिल्दा आउँन सक्ने समस्यालाई देखाउन खोजिएको छ।  ट्रेलरमा फिल्मका मुख्य पात्र दयाहाङ राई र प्रकृति श्रेष्ठलाई केन्द्रमा रखिएको छ।

पूर्वी नेपालका विभिन्न रमणीय स्थलमा खिचिएको फिल्म आरआर फिल्मस् प्रोडक्शनको ब्यानरमा निर्माण भएको हो । शिब ढकालले खिचेको फिल्मका गीतमा प्रबेश मल्लिकको संगीत,डिपी खनालको गीत,शैलेन्द्र प्रधानको पाश्र्व संगीत छ ।

फिल्मलाई प्रबेश पौडेलले निर्देशन गरेका हुन् भने रोहित कट्टेल र रत्न श्रेष्ठले निर्माण गरेका हुन्। रामजी लामीछानेको कोरियोग्राफी रहेको फिल्मलाई मित्र गुरुङले सम्पादन गरेका हुन् । मर्रे केर,आकाश बराल र सजन काफ्लेको कथा रहेको फिल्मको पटकथा र सम्वाद भने आकाश र सजनले तयार पारेका हुन् ।

फिल्ममा  दयाहाङ राई,प्रकृति श्रेष्ठका अलावा बुद्धि तामाङ,शिसिर वाङ्देल, रबिन्द्र झा र रुषा न्यौपानेलाई लगायतका कलाकारहरुको मुख्य कलाकारहरुको मुख्य भूमिका रहेको छ।

प्रतिक्रिया दिनुहोस्