‘कैदीको पत्र’को गीत रिलिज, फिल्म भने बैशाख १५ बाट



रंगखबर, काठमाडौँ: फिल्म ‘कैदीको पत्र’को पहिलो गीत रिलिज भएको छ। निर्माण टिमले गीत रिलिजसंगै प्रदर्शन मितिपनि तय गरेका छन। प्रेम र रोमाञ्सको कथामा बनेको फिल्म अबभने आउँदो बैशाख १५ गतेबाट देशभर प्रदर्शन हुने भएको छ। ‘मेरो दिलको तालमा’ बोलको गीतमा प्रताप दास र सुबानी मोक्तानको स्वर रहेको छ भने सनम कुमार बैरागको शब्द रचना तथा सुरेश सेञ्चुरीले संगीत दिएका छन् । गीतमा फिल्मका मुख्य पात्रहरु  कुनाल बिश्व र ब्रिटिश अभिनेत्री म्याडिशन लाजारसको अभिनय रहेको छ । यस गीतको अंग्रेजी लाइन निखिल गोतामेले लेखेका छन् । कबिराज गहतराजले कोरियोग्राफि गरेका छन् ।

निर्देशक सनम कुमार बैरागको निर्देशनमा बनेको फिल्मको सम्पूर्ण छायांकन स्कटल्याण्डमा भएको हो। दिल घले, नानी बैराग, कैलाश बिश्वकर्मा र हिराल जोशीले निर्माण गरेको फिल्ममा रामेश्वर कार्कीको छायांकन, अर्जुन जिसिको  सम्पादन र ब्रिटिश कलरिष्ट यासिन एन’चौबीको कलर ग्रेडिङ्ग रहेको छ।

फिल्ममा कुनाल बिश्व र म्याडिशन लाजारसको अलावा सलिना थापामगर, पृथ्वीराज खत्री, सुबर्ण थापा, मनिष श्रेष्ठको पनि अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्