रानी शाक्यको ‘शिरको नाम्लो’मा सरोज, धिरेन र संचिताको नोकझोक



रंगखबर, काठमाडौँ – गायिका रानी शाक्य र गायकद्वय प्रताप दास र सिडी विजय अधिकारीको आवाजमा शिरको नाम्लो बोलको गीत भिडियो सार्वजनिक भएको छ। भिडियोमा अभिनेता सरोज खनाल, धिरेन शाक्य र अभिनेत्री संचिता लुइँटेलको अभिनय देख्न सकिन्छ। धिरेन र संचिताको माया प्रेम र झगडालाई समेटीएर बनाइएको भिडियो निकै आकर्षक बनेको छ।

 

गायक सीडी विजयकै शब्द रचना रहेको गीतको भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी, उत्तम हुमागाइको छायांकन, माधब बेलबासेको सम्पादन छ । प्रहिल कार्कीको निर्देशनमा तयार भएको भिडियो रमाइलो छ । धिरेन र सरोज जस्ता चर्चित कलाकारको साथमा संचिताको नोकझोक र माया प्रेमको दृश्यले भिडियोलाई रोचक बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्